• १२ चैत २०८१, मङ्गलबार

कालीगण्डीमा हाम फालेर एक बेपत्ता

blog

अर्जुन काफ्ले

स्याङ्जा, चैत १० गते । चापाकोट नगरपालिका-१ तेउनासमा एक जना कालीगण्डीमा हाम फालेर बेपत्ता हुनुभएको छ । पाल्पा रामपुर नगरपालिका–१० कुमालटोल बस्ने ५८ वर्षीया मेघनाथ कुमाल नदीमा हाम फालेर बेपत्ता हुनुभएको हो । 

वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेको छोरीलाई सामान पठाउन भनी घरबाट हिँड्नुभएका कुमाल सामान पठाउने ठाउँमै नपुगी कालीगण्डकी नदीमा हाम फाल्नु भएको हो । घटनास्थलमा इलाका प्रहरी चापाकोट स्याङजाबाट खटेका प्रहरी टोलीको समन्वयमा खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवेश तिवारीले बताउनुभयो ।