• १२ चैत २०८१, मङ्गलबार

बृहत् स्वास्थ्य शिविर गरिने

blog

काठमाडौँ, चैत १० गते। निवारण फाउन्डेसनले जेठ १५ देखि नेपालका गाउँपालिकामा बृहत् स्वास्थ्य शिविरको आयोजना गर्दै छ। 

फाउन्डेसनले कार्यक्रम गर्दै नेपालको विविध क्षेत्रका विकास, समृद्धि, जनजीवन सहज बनाउन सहयोग पुर्‍याउने लक्ष्यले स्थापना भएको फाउन्डेसनले ‘सञ्जीवनी’ परियोजनामार्फत सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका छेडेदह गाउँपालिकाबाट सातदिने स्वास्थ्य शिविर कार्यव्रmम गर्ने जानकारी गराएको हो। 

फाउन्डेसनका व्यवस्थापक उज्ज्वल सुवेदीले निवारण फाउन्डेसनका समूहले स्वास्थ्य सेवा पहुँचबारे अध्ययन गरेर ३० मिनेटभित्र पनि स्वास्थ्य संस्थासम्म पुग्न नसकिने क्षेत्रका नागरिकलाई स्वास्थ्यसेवा दिन पहिलो चरण अन्तर्गत (सन् २०२५ देखि २०२७) सम्म ५२ जिल्लाका २७५ गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिनुभयो।

उहाँले  विद्या, नर्चर, टेरा, युनिटीलगायतका परियोजनामार्फत नेपालको पर्यावरण, सामुदायिक विकास, शिक्षा, बालबालिका र स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गर्न स्वदेश र वैदेशिक सहयोग जुटाउँदै स्थानीय तहसँगको समन्वयमा काम गर्ने योजनासहित सन् २०८३ सम्मका कार्यव्रmम तयार भएको बताउनुभयो।

फाउन्डेसनले पहिलो चरणमा सञ्जीवनी परियोजना सञ्चालन गर्ने, दोस्रो, तेस्रो चरण गर्दै अन्य परियोजनामा काम गर्ने लक्ष्य बनाएको जनाएको छ।