धादिङबेँसी समाचारदाता धादिङबेँसी, वैशाख २६ गते । सङ्घीय सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गरेको बताउनुभएको छ ।
नीलकण्ठ नगरपालिकाको १२ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री शाहीले अब स्वदेशी स्रोत र कच्चा पदार्थको उपयोग गर्दै अर्थतन्त्रलाई मजबुत बनाउनेतर्फ सरकारको ध्यान गएको बताउनुभयो । उहाँले विदेशबाट आउने काठको विकल्पमा स्वदेशी काठको उपयोगलाई प्रवर्धन गर्न नीति तथा कार्यव्रmम सुधार गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दिगो वन व्यवस्थापन रणनीति लागु गरेर हामी स्वदेशमै रोजगारी सिर्जना गर्दै आयआर्जनको स्रोत बनाउने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “तीन तहका सरकारमध्ये स्थानीय सरकार जनताको अत्यन्तै नजिकको सरकार हो ।” नीलकण्ठ नगरपालिकालाई देशकै उत्कृष्ट स्थानीय तहका रूपमा उल्लेख गर्नुभयो । नगरपालिकाले जनताको आवश्यकता बुझेर अग्रगामी काम गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय सरकारले जनतालाई आधारभूत सेवा सहज रूपमा पु-याउँदै लोकतन्त्रप्रतिको विश्वास अझै मजबुत बनाइरहेको छ । समकालीन राजनीतिक परिप्रेक्ष्यमा केही शक्तिले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउन खोजिरहेको छ तर प्राप्त अधिकारलाई उपयोग गर्दै लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन सबै लाग्नु परेको छ ।”
“देश अब धेरै अगाडि बढिसकेको छ,” उहाँले भन्नुभयो, “लोकप्रिय शासन प्रणालीका रूपमा लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन ।” राजनीतिक स्थायित्व र जनताको अधिकारको संरक्षणले मात्रै लोकतान्त्रिक गणतन्त्रलाई दिगो बनाउने उल्लेख गर्नुभयो ।
धादिङ जिल्लामा झन्डै ५० प्रतिशत भूभाग वन क्षेत्रले ढाकिएको उल्लेख गर्दै वनमार्फत पर्यटन, रोजगारी र आर्थिक विकास सम्भव भएको स्पष्ट पार्नुभयो । यसै सन्दर्भमा उहाँले
स्थानीय तहसँग सहकार्य गर्दै वन ऐन तथा कानुनलाई अझ प्रभावकारी बनाउन पहल भइरहेको जानकारी दिनुभयो ।