• ८ पुस २०८२, मङ्गलबार

गुल्मीमा आजदेखि छात्र फुटबल प्रतियोगिता

blog

रमेश विश्वकर्मा 
गुल्मी, पुस ८ गते ।
तम्घासस्थित स्टार युवा क्लबको आयोजनामा गुल्मीमा मङ्गलबारदेखि जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा १० सम्म) छात्र फुटबल प्रतियोगिता सुरु हुँदैछ । आजदेखि पुस १० गतेसम्म इस्मा गाउँपालिका– १, झरनास्थित वीपी पार्कको खेलमैदानमा हुने छात्र फुटबल प्रतियोगितामा यस जिल्लाका विभिन्न १४ विद्यालयले सहभागी जनाएका छन् ।

क्लबको पन्ध्रौं वार्षिकोत्सबको अवसरमा छैठौं फोर्टिन स्टार कप–२०८२ आयोजना गरिएको गरिएको हो । प्रतियोगितामा बिजेताले नगद ३५ हजार र उपबिजेताले नगद २५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरिने क्लबका अध्यक्ष नारायण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार विधागत उत्कृष्ट पुरस्कारका ट्रफीहरु पनि प्रदान गरिनेछ ।

जनसहयोग मावि, पालुखा मावि, आदर्श विद्या आश्रम, ब्रिलियन्ट युनाइटेड एकेडमी, अर्जुन इङ्गिस बोर्डिङ स्कूल, जनता मावि, रेसुङ्गा मावि, गण्डकी इङ्लिस बोर्डिङ स्कूल, रिडर्स पब्लिक हाइ स्कूल, उपल्लो तम्घास मावि, लिटिल स्टार पब्लिक हाई स्कूल, पृथ्वी मावि, सिद्धबाबा मावि र महेन्द्र मावि प्रतियोगितामा सहभागी छन् ।

२०६७ सालमा स्थापना भएको यस क्लबले २०७४ बाट प्रत्येक वर्ष छात्र फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । कोभिड सङ्क्रमणका कारण दुई वर्ष प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । फुटबल खेलाडीहरुको पहिचान गर्न यस प्रतियोगीताले निकै सहयोग पु¥याउने बताइएको छ । मध्याह्न १२ बजेदेखि सुरु हुने सो प्रतियोगिताको उद्घाटन रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गर्नुहुनेछ ।