फडिन्द्र अधिकारी
लेखनाथ, पुस ७ गते । कास्की प्रहरीले फेवाताल सिरानको सिमसार पुर्ने व्यवसायी युवराज खतिवडालाई सोमबार पक्राउ गरेको छ ।
सोमबार दिउँसो सिमसारमा माटो, गिटी हालेर पुरिरहेका बेला गाडी नियन्त्रणमा लिन पुगेको प्रहरीलाई समेत दुव्र्यहार गरेपछि खतिवडालाई नियन्त्रणा लिइएको हो ।
खतिवडाले त्यहाँ पुगेका पत्रकारहरुलाई समेत दुव्र्यवहार गरेको पत्रकार सुमन ढुङ्गानाले बताउनुभयो । प्रहरीले फेवातालको सिमसार क्षेत्र पुर्न खतिवडाले प्रयोग गरेका गाडीका चाबी खोसेपछि उहाँले फेरि अर्काे चाबी ल्याएर गाडी सञ्चालन गर्ने प्रयास गर्नुभएको थियो ।
पछि प्रहरीले खतिवडालाई पक्राउ गरी त्यहाँ प्रयोग भएका टिप्परहरु समेत नियन्त्रणमा लिएको छ । खतिवडालाई अभद्र व्यवहारमा जाहेरी दर्ता गरी मङ्गलबार अदालत उपस्थित गराउने तयारी भएको कास्कीका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
धादिङको नीलकण्ठ नगरपालिका ५, खाल्टे स्थायी घर भएका ३७ वर्षीय पछिल्लो समय पोखरा–५ मा बसोबास गर्नुहुन्छ । यसअघि पनि ठाउँ ठाउँमा फेवातालको सिमसार क्षेत्र पुर्ने जिम्मा लिनुभएका खतिवडालाई पोखरा महानगरपालिका र प्रहरी प्रशासनले रोक्ने प्रयास गर्दै आएका थिए ।