• १६ भदौ २०८१, आइतबार

बिबिसी तेह्रथुमलाई गोल्डकप उपाधि

blog

फाइनल खेलमा प्रतिस्पर्धा गर्दै बबिसी तेह्रथुम र छथर जोरपाटी धनकुटाका खेलाडी । तस्बिर : गोरखापत्र

ठाकुर सेनेहाङ

तेह्रथुम, भदौ १५ गते ।  तेह्रथुमको म्याङलुङमा आयोजित सहिद नेत्र गुराँगाई स्मृती गोल्डकपको उपाधि बिबिसी तेह्रथुमले हात पारेको छ ।

म्याङलुङ रङ्गशालामा शनिबार भएको फाइनल खेलमा छथर जोरपाटी धनकुटालार्र्ई ४–१ गोलले हरायँदै तेह्रथुमले उपाधि जितेको हो । 

बिबिसी तेह्रथुमका लागि मिलन राईले चार गोल गर्नुभयो । उहाँले नवौँ, ३७औँ, ४९औँ र ७९औँ मिनेटमा गोल गर्नुभयो । छथर जोरपाटीका हरि मगरले सान्त्वना गोल गर्नुभयो । 

उपाधिसँगै बिबिसी तेह्रथुमले दुई लाख रुपियाँ पुरस्कार पायो । उपविजेता छथर जोरपाटीले एक लाख रुपियाँ पायो ।