• १३ भदौ २०८१, बिहिबार

पारा ओलम्पिक : भरत पहिलो खेलमै पराजित

blog

पारा तेक्वान्दो खेलाडी भरतसिंह महता प्रशिक्षक नेगी लामासँग ।

काठमाडौँ, भदौ १३ गते । नेपालका तेक्वान्दो खेलाडी भरतसिंह महता पेरिस पारा ओलम्पिकको पहिलो चरणमै पराजित हुनुभएको छ ।  

बिहीबार भएको के–४४ क्याटगोरी अन्तर्गत पुरुष ५८ केजीमुनिको स्पर्धामा भरत जापानका मित्सुया तानाकासँग १९–३ ले पराजित हुनुभयो । जितसँगै जापानका मित्सुया अन्तिम आठमा पुग्नुभएको छ । भरत लेवाइल्ड कार्डमार्फत पारा ओलम्पिकमा भाग लिनुभएको हो । 

पारा तेक्वान्दोकै के–४४ क्याटगोरीमा नेपालकी पलेसा गोवर्धनले शुक्रबार महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । उहाँको पहिलो चरणको प्रतिद्वन्द्वी भेनेजुएलाकी भलेरिया मोराल्स पर्नुभएको छ । 

यस स्पर्धामा ११ खेलाडी रहेका छन् । नेपालबाट अर्का पौडी खेलाडी भीमबहादुर कुमालले पनि पुरुष ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।