बजेटको प्राथमिकतामा क्रिकेट
युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि क्रिकेटलाई प्राथमिकतामा राख्दै आफ्नो कार्यक्रम प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको छ । खेलकुद मन्त्रालयले प्रदेश र स्थानीय तहलाई ससर्त अनुदान उपलब्ध गराउने बजेट तथा कार्यक्रम प्रस्ताव गरेको हो । मन्त्रालयले क्रिकेटका साथै पूर्वाधार आयोजना र प्रतियोगितालाई पनि प्राथमिकतामा राखेको छ ।
नेपाल प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल
नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा नेपालञ्जमा मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ ।
एनएमजिसीमा सुदीप अध्यक्ष र रूपसिं महासचिव
नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासङ्घ (एनएमजिसी) को तेस्रो महाधिवेशनले शनिबार १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
पर्यटन प्रवर्धनका लागि कालीगण्डकी स्टिमरमा बुद्धिचाल
स्याङ्जाको कालीगण्डकीमा गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।
चौंथो सिन्धुपाल्चोक तेक्वान्दो प्रतियोगितामा जाल्पा मावि विजयी
चौंथो सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा सुनकोशी गाउँपालिका–७ कोठेस्थित जाल्पा माध्यमिक विद्यालयका छात्रछात्रा प्रथम भएका छन् ।
टी-२० विश्वकप : पाकिस्तान टोलीको घोषणा
पाकिस्तान क्रिकेट बोर्डले शुक्रबार राति बाबर आजमको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको धोषणा गरेको हो ।
आइपिएल क्रिकेट : हैदराबाद र कोलकत्ताबिच फाइनल भिडन्त
चेन्नाईमा शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हरायो । फाइनलमा हैदराबादले आइतबार कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ ।
‘खेल पत्रकारिता शोध तथा अनुसन्धानमा केन्द्रित हुन जरुरी’
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेल पत्रकारिता शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
टी-२० विश्वकप : अभ्यास खेलमा नेपाल विजयी
आइसिसी टी-२० विश्वकपको तयारीका लागि अमेरिकामा रहेको नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सविरुद्ध पहिलो अभ्यास खेलमा ६ रनको जित निकालेको छ ।
राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई
दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले हात पारेका छ । ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत भएको प्रतियोगितामा खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित रु एक लाख ११ हजार एकसय ११ राशिसहित उपाधि जितेको हो ।
ललितपुर वाल क्लाइम्बिङ प्रतियोगिता सम्पन्न
ललितपुर वाल क्लाइम्बिङ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फ दीपेश दनुवार र महिला छात्रा तर्फ सरिता दनुवार प्रथम हुनु भयो । प्रतियोगितामा ६० जनाले भाग लिएको थियो । विजेतालाई नगद, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
प्रथम एसियन तेक्वान्दो प्रतियोगिताको तयारी पूरा
अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घले प्रथम सिएचआईटीएफ एसियन तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ।
कालिगण्डकी स्टिम्मरमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने
कालिगण्डकी नदिका चल्ने स्टिम्मरमा गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता यही जेठ १२ र १३ गते हुने भएको छ । प्रदेश खेलकुद परिषद् र कालिगण्डकी गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश बुद्धिचाल सङ्घ कास्कीको व्यवस्थापनमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको हो ।
कबड्डी टोली बङ्गलादेश प्रस्थान
चौथो वङ्गबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बङ्गलादेशको ढाका प्रस्थान गरेको छ । मे २६ देखि जुन ३ तारिखसम्म हुने प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहनेछ ।
एसिया कप क्रिकेट : प्रारम्भिक महिला क्रिकेट टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा आयोजना हुने एसिसी महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।
राजस्थानसँगको हारले बाहिरियो आरसिबी
इलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग हारेपछि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिएको छ ।
विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौँ : क्यानका सचिव पारस
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको उल्लेख गर्नुभएको छ ।
भिसा नपाएको सन्दीपको भनाइ
क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको उल्लेख गर्नुभएको छ । लामिछानेले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराउनुभएको हो ।
नेपाल र युएईबिच खेलको ‘न्युट्रल भेन्यु’ साउदी अरेबिया
यसअघि दशरथ रङ्गशालामा जेठ २४ गतेका लागि तय भएको फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिचको खेल साउदी अरेबियामा हुने भएको छ ।
६० महिला खेलाडीलाई क्रिकेट प्रशिक्षण
खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत स्याङ्जाको पुतलीबजारमा महिला क्रिकेट प्रशिक्षण कार्यक्रम गरिएको छ ।
महिला फुटबल खेलाडी प्रीति राई सम्मानित हुने
साकेला उभौलीको अवसरमा राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई सम्मानित हुने भएको छ ।
विश्वकप टी–२० मा हेर्नलायक एसोसिएट टिम
अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने विश्वकप टी–२० क्रिकेटमा यसपालि २० टिमको सहभागिता रहेको छ । जसमध्ये नेपाल, आयोजक अमेरिका, क्यानडा, नामिबिया, स्कटल्यान्ड, ओमान, पपुआ न्युगिनी, युगान्डा र नेदरल्यान्ड्स जस्ता एसोसिएट राष्ट्रले पनि टी–२० को सबभन्दा ठुलो मञ्चमा प्रतिस्पर्धा गर्दै छन् । एसोसिएट टिममध्ये पनि नेपाल, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानलाई हेर्नलायक टिमका रूपमा लिइएको छ ।
जर्मनीमा काठमाडौँ किकर्स च्याम्पियन
नेपालको काठमाडौँ किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित यूथ लिग भीआर बैङ्क कपमा यु–१४ तर्फको उपाधि जितेको छ ।
बक्सिङको दोस्रो चरणको ओलम्पिक छनोट थाइल्यान्डमा
बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।