• २० असोज २०८१, आइतबार

तीन खेलाडीलाई उपचार सहयोग

blog

काठमाडौँ, जेठ २७ गते । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले तीन खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई ७५ हजार, उसुकी पूर्व खेलाडी शर्मिला राईलाई एक लाख र १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी जुडोकी पुनम श्रेष्ठलाई ५० हजार रुपियाँ सहयोग प्रदान गरियो । 

केसीको पित्त थैली तथा शर्मिलाको खुट्टाको शल्यक्रिया गरिएको थियो । लिगामेन्टको शल्यक्रिया गरेकी पुनमलाई थेरापीका लागि आर्थिक सहयोग प्रदान गरिएको कोषका सदस्य सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं कोषका अध्यक्ष टङ्कलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।