• २० असोज २०८१, आइतबार

महिला उद्यमीद्वारा पलेशा सम्मानित

blog

सम्मानपछि पलेशा गोवर्धन लगायत । तस्बिर सौजन्य : राखेप ।

काठमाडौँ, भदौ २७ गते । महिला उद्यमी महासङ्घ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।

महासङ्घले आफ्नो २१औँ वार्षिक साधारण सभाको अवसरमा बिहीबार पलेशालाई ५० हजार पाँचसय रुपियाँसहित सहित सम्मान गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत र  महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले पलेशालाई सम्मानपत्र र नगद पुरस्कारसहित सम्मान गर्नुभयो । 

सम्मानपछि पलेशाले प्रतिस्पर्धामा लड्नभन्दा अगाडि समाजसँग लड्न आफूले धेरै चुनौतीको सामना गर्नु परेको उल्लेख गर्दै आफूमा आत्मविश्वास र दृढ सङ्कल्प भए हरेक अप्ठ्यारा परिस्थिति पार गर्न सकिने बताउनुभयो ।

महिला उद्यमीबाट सम्मान पाउँदा आफूलाई धेरै गर्विलो महसुस भएको उहाँको भनाइ थियो । उक्त कार्यक्रममा पलेशाका पिता प्रदीप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।