शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लीलाधर वली
घोराही, वैशाख ११ गते । दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–४ दुलैया निवासी ४२ वर्षीय राजु भण्डारी रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
रुखमा फलेको अम्बा टिप्ने क्रममा घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएका भण्डारीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवम् प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार मृतकको शव लमही अस्पतालमा राखिएको छ ।