• २९ भदौ २०८१, शनिबार

एनपिएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख

blog

काठमाडौँ, भदौ २९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडी २० लाख रुपियाँ पारिश्रमिक पाउने भएका छन् ।

एनपिएल आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार गोलाप्रथाका आधारमा टोलीको मार्की खेलाडीको छनोट गरी उनीहरूले पाउने रकम समेत उल्लेख गरेको हो ।

गोलाप्रथामा काठमाडौँको मार्की खेलाडीमा करण केसी, पोखराको कुशल भुर्तेल, विराटनगरको सन्दीप लामिछाने, चितवनको कुशल मल्ल, लुम्बिनीको रोहितकुमार पौडेल, जनकपुरको आसिफ शेख, कर्णालीको सोमपाल कामी  र सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ ।

एनपिएल आगामी मङ्सिर १६ देखि पुस ६ गतेसम्म हुनेछ । जसमा आठ वटा फ्रेन्चाइज टोलीबिच प्रतिस्पर्धा हुनेछ ।