शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २९ गते । काठमाडौँ महानगरपालिका–१९ इनाटोलमा आज एक जना मृत अवस्थामा फेला परेका छन् ।
हाल नाम थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँको इनाटोलमा आज एक जना पुरुष मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।” रासस