टी-२० विश्वकप : विजेतालाई २४ लाख ५० हजार डलर
अमेरिका र वेस्ट इन्डिजमा जारी नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेट विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ ।
टी-२० विश्वकप : वेस्ट इन्डिजको सुखद सुरुवात
आयोजक वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकपमा सुखद सुरुवात गरेको छ ।
प्रधानमन्त्री कप भलिबल : पुलिस र हेल्प नेपाल विजयी
नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगअन्तर्गत पुरुषतर्फको खेलमा जीत हासिल गरेका छन् ।
साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने
साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ ।
रामसीता मन्दिरलाई ब्रदर्स कपको उपाधि
प्रथम ब्रदर्स कपको उपाधि रामसीता मन्दिरले उचालेको छ । ब्रदर्स युथ सोसाइटी क्लब तम्घासको आयोजनामा सञ्चालित प्रथम ब्रदर्स कप राष्ट्रियस्तरको खुल्ला पुरुष फूटबल प्रतियोगितामा उपाधि प्राप्तिका लागि कोब्रा ग्रूप तम्घास र रामसीता मन्दिर गौंडाकोटबीच प्रतिस्पर्धा भएको हो ।
एफसी संघारी र न्यू दर्पण सेमिफाइनलमा प्रवेश
एफसी संघारी नेपालगन्ज र न्यू दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विश्वकप छनोट खेल्न नेपाली खेलाडी प्रस्थान
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्वकप छनोट दोस्रो चरण अन्तर्गत फुटबल खेल्न जाने नेपाली राष्ट्रिय टिमलाई आइतबार बिदाइ गरेको छ । नेपाली टिमले युएई र यमनसँग खेल्ने छ । नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरेबियाको दमाममा खेल्दै छ । एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङका अनुसार युएईसँगको खेल त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा हुने तय गरिएको भए पनि प्राविधिक कारणले हुन सकेन । एएफसी (एसियाली फुटबल महासङ्घ) ले दशरथ रङ्गशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरबको दमाममा खेल्ने तय भएको थियो । अध्यक्ष नेम्वाङले नेपाली खेलाडीले देशको प्रतिनिधित्व गर्दै राम्ररी खेली अङ्क बटुल्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
दीपेन्द्रको पुनरागमनले नेपाली टोलीमा उत्साह
नेपाली क्रिकेट टोलीलाई मैदानमा जब सङ्कट पर्छ । टोलीलाई उद्धार गर्ने काम अलराउन्डर दीपेन्द्रसिंह ऐरीको काँधमा आउँछ ।
राष्ट्रिय चेसमा पुरुषोत्तमको एकल अग्रता
१५ वर्षीय पुरुषोत्तम सिलवालले आइतबार राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण सकिँदा एकल अग्रता बनाउनुभएको छ।
नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्
नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छिन् ।
भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकालाई
जिल्ला भलिबल सङ्घ तनहुँको आयोजनामा सदरमुकाम दमौलीस्थित खुल्ला चौरमा गरिएको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ
एफसी संघारी सेमिफाइनलमा प्रवेश
एफसी संघारी नेपालगन्ज बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रदेश गरेको छ ।
टी-२० विश्वकप : अमेरिकाको विजयी सुरुवात
आयोजक अमेरिकाले आइसिसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
आइसिसी टी–२० विश्वकपः अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत
आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ ।
सुखद नतिजा निकाल्न आतुर नेपाल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने बताउनुभएको छ । आइसिसी टी–२० विश्वकपको पूर्वसन्ध्यामा रोहितले भन्नुभयो, “विश्वकप खेल्नका लागि हामी उत्साहित छौँ । विश्वकपलाई सबै नेपालीले नजिकबाट हेरिरहनुभएको छ । हामी सुखद नतिजा निकाल्न आतुर छौँ । टी–२० क्रिकेटमा जसले जसलाई पनि हराउन सक्छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहलाई ‘ग्रुप अफ डेथ’ का रूपमा पनि लिइएको छ । समूहमा नेपालसँगै नेदरल्यान्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश रहेको छ । नेपाल र नेदरल्यान्ड्सबाहेक तीन देश टेस्ट मान्यता टोली हो ।
टी–२० मा सबै टोलीको हैसियत बराबर : कप्तान रोहित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने बताउनुभएको छ ।
दीपिका र सिद्धार्थलाई उत्कृष्ट खेलाडी अवार्ड
धरान खेलकुद मञ्चले शुक्रबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक करातेको कोच किरण लामालाई उत्कृष्ट प्रशिक्षक अवार्ड २०८० बाट सम्मान गरिएको हो ।
टी–२० विश्वकप
क्रिकेटको छोटो संरचनाको महाकुम्भ आज सुरु हुँदै छ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । त्यसैले यो विश्वकपको ज्वरोले नेपालीलाई अझ च्यापेको छ; जुन एक महिना नभई निको हुने छाँट देखिँदैन । यसपालि आइसिसीले टी–२० विश्वकपमा चार टिम बढाएर २० टिमलाई सहभागी गराएको छ । विश्वका यी २० उत्कृष्ट क्रिकेट टिमबिच सर्वश्रेष्ठ चयन गर्न २९ दिन लगाएर ५५ खेल खेलिने छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । एक समूहमा पाँच टिम रहने छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्ने छन् । सुपर–८ मा दुई समूह हुने छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् । त्यसपछि असार १५ गते विश्वकप ट्रफी उचाल्ने टिमको निर्णय हुने छ ।
खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार आवश्यक : सांसद गर्बुजा
प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेल क्षेत्रको विकासका लागि व्यवस्थित पूर्वाधार संरचना आवश्यक रहेको बताउनुभएको छ ।
गोरखा जिल्ला लिग फुटबल प्रतियोगिता छेपेटारमा आजबाट हुने
गोरखा जिल्ला फुटबल सघको आयोजना तथा सूर्योदय युवा क्लब छेपेटारको सहआयोजनमा शनिबारबाट जिल्ला लिग फुटबल प्रतियोगित हुने भएको छ ।
म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल सुरु
हिमाली जिल्ला म्याग्दीको बेनीमा तेस्रो गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ शुक्रबारदेखि सुरु भएको छ ।
बाँकेमा जिल्ला व्यापी नकआउट फुटबल हुँदै
बाँकेमा जिल्लाव्यापी नकआउट फुटबल हुने भएको छ । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
टी–२० विश्वकप : नेपाल र अमेरिकाबिचको ‘वार्मअप’ खेल वर्षाका कारण रद्द
आइसिसी टी–२० विश्वकप अन्तर्गत नेपालको दोस्रो तथा अन्तिम ‘वार्मअप’ खेल भारी वर्षाका कारण रद्द भएको छ ।
अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई दिएन भिसा
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले विश्वकप खेल्न अमेरिका जानका लागि यात्रा अनुमति (भिसा) दिन अस्वीकार गरेको छ।