• २ असोज २०८१, बुधबार

परिवारसँग खुसी साट्न नपाउँदै मिस्टर काठमाडौँ विजेता राईको मृत्यु

blog

काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता प्रकाश राई ।

हरि कोइराला

उर्लाबारी, असोज २ गते । शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु भएका मोरङ पथरीशनिश्चरे-१ निवासी वडिविल्डर्स प्रकाश राईको मृत्यु भएको छ । 

बुधबार बिहान मुटुमा समस्या भएको थाहा पाएपछि ४५ वर्षीय राईलाई काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । राईको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पाँच वटा उमेर समूहका खेलाडीलाई पछि पार्दै मिस्टर काठमाडौँको उपाधि जित्नु भएका राईले ७५ केजी समूहबाट प्रतिस्पर्धामा भाग लिनुभएको थियो । 

मोरङको उर्लाबारी–४ मा फोनिक्स फिटशाला सञ्चालन गर्दै आउनुभएका राई स्थानीय शुभेच्छुकसँग खुसी साट्न केही दिनपछि आउने तयारीमा हुनुहुन्थ्यो ।