• ८ असार २०८२, आइतबार

मुवाँथाईमा प्रभात र विशेषलाई स्वर्ण

blog

मुवाँथाईमा पदक विजेता खेलाडी ।

काठमाडौँ, असार ८ गते । बागमतीका प्रभात कपाली र लुम्बिनीका विशेष बुढा मगरले दोस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । 

पुरुष ४८ केजीमा प्रभातले गण्डकीका ओमकार मगर तथा ५१ केजीमा विशेषले बागमतीका योमा मोक्तानलाई फाइनलमा पराजित गर्नुभयो । 

नेपाल राष्ट्रिय मुवाँथाई सङ्घको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५४ केजीमा बागमतीका मंगेश महर्जन, ५७ केजीमा कोशी जगदीश विश्वकर्मा, ६० केजीमा गण्डकीका गौरव भण्डारी, ६३.५ केजीमा कोशीका सुमन याखा, ६७ केजीमा बागमतीका रोनिश सुब्बाले स्वर्ण जित्नुभयो ।

यस्तै ७१ केजीमा गण्डकीका मोसेस कुमाल, ७५ केजीमा बागमतीका सौरव लामा, ८१ केजीमा गण्डकीका जेसन श्रेष्ठ, ८६ केजीमा बागमतीका रेहान फाइजु र ९१ केजीमा बागमतीका श्रीयानसिंह शाक्य पहिलो हुनुभयो ।

कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा भएको प्रतियोगिताको महिला ४८ केजीमा एपीएफकी रिना माझी, ५१ केजीमा गण्डकीकी पूजा पाण्डे, ६० केजीमा बागमतीकी त्रिसरा गुरुङ र ६३.५ केजीमा गण्डकीकी धनकुमारी आलेले स्वर्ण जित्नुभयो । 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, आयोजक सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबिच पुरस्कार प्रदान गर्नुभयो ।

दुईदिने प्रतियोगितामा सुदूरपश्चिम बाहेक ६ प्रदेश र नेपाल एपीएफ क्लबबाट ८७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।