• १६ साउन २०८२, शुक्रबार

‘शिवांश : च्याप्टर–१’ को छायाङ्कन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १५ गते । चलचित्र ‘शिवांश : च्याप्टर–१’ को छायाङ्कन सम्पन्न भएको छ । चलचित्रको ३६ औँ दिन खिचिएपछि ‘इन्डक्ल्याप’ गरिएको हो । अन्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोषकुमार आत्रेय हुनुहुन्छ । उहाँको यो पदार्पण निर्देशकीय चलचित्र हो ।

चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा हुनुहुन्छ । यस्तै चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रको कथा निर्माता अन्जान केसी स्वयंले लेख्नुभएको हो । स्क्रिन प्ले बारत लिम्बूको छ । चलचित्रमा स्क्रिप्टको काम सुलक्षण भारतीले गर्नुभएको छ । चलचित्रको सहनिर्मातामा शोभा भण्डारी र अनिश केसी बोगटी रहनुभएको छ भने  कार्यकारी निर्माता शम्भु थापा हुनुहुन्छ ।