• १ असोज २०८१, मङ्गलबार

सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

blog

बिशाल सुनार

दुल्लु, आसोज १ गते । दैलेखको भगवतीमाई गाउँपालिकामा अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति भगवतीमाई गाउँपालिकाको आयोजनामा विजयादशमी तथा दीपावलीको अवसरमा 'स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नारा सहित चौथो भगवतीमाई कप खुला पुरुष भलिबल प्रतियोगिता आगामी कात्तिक ७ देखि ११ गतेसम्म सञ्चालन हुने भएको हो । 

खुला भलिबल प्रतियोगिता हुने भएकाले देशको कुनै पनि पालिकाबाट सहभागिता जनाउन सक्नेगरी तयारी गरेको खेलकुद विकास समितिका अध्यक्ष शमशेर खड्काले बताउनुभयो । चौथो संस्करणको प्रतियोगिता भएकाले खेलकुद महोत्सवकै रूपमा लिने तयारी गरेकाले एथलेटिक्सका खेलहरूलाई समेत समावेश गरिने खड्काले बताउनुभयो । 

प्रतियोगितामा प्रथम हुने समूहले नगद तीन लाखसहित कप, पदक प्राप्त गर्ने छन् भने द्वितीय हुने समूहले नगद एक लाख ५० हजारसहित पदक प्राप्त गर्नेछन् त्यस्तै तृतीय हुने समूहले नगद ५० हजार हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै सम्पूर्ण खेलमा सर्वोत्कृष्ट खेलाडीले कदर पत्रसहित नगद २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।