• २४ असार २०८२, मङ्गलबार

५२ प्रतिशत नेपाली अझै जीवन बिमाको पहुँच बाहिर

blog

काठमाडौँ, असार २४ गते । नेपालको कुल जनसङ्ख्याको ५२.६१ प्रतिशत जनसङ्ख्या जीवन बिमाको पहुँच बाहिर रहेको बिमा प्राधिकरणले जनाएको छ । 

मङ्गलबार काठमाडौँमा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बिमा नीति तथा कार्यक्रम जारी गर्दै नेपाल बिमा प्राधिकरणले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले २०८२ साल वैशाख मसान्तसम्म नेपालको कुल जनसङ्ख्याको ४७.३९ प्रतिशतमा जीवन बिमाको पहुँच पुगेको बताउनु भयो । तुलनात्मक रूपमा ग्रामीण तथा न्यून आय भएका वर्गहरू हालसम्म पनि बिमा सेवाबाट वञ्चित रहेको बताउनुभयो ।

बिमा विस्तारका लागि प्राधिकरणमा हाल १ सय ५८ जना र बिमा कम्पनीहरूमा २०८२ वैशाख मसान्तसम्म कार्यरत १२ हजार १ सय ६२ जना कर्मचारीको कार्यक्षमता अभिवृद्धि गरिएको जानकारी दिनुभयो । ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बिमा साक्षरतामा जोड दिन आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०८२ साल वैशाख मसान्तसम्म नेपालको कुल जनसङ्ख्याको ४७।३९ प्रतिशतमा जीवन बिमाको पहुँच पुगेको छ भने ५२।६१ प्रतिशत जनसङ्ख्या जीवन बिमाको पहुँच बाहिर छ । तुलनात्मक रूपमा ग्रामीण तथा न्यून आय भएका वर्गहरू हालसम्म पनि बिमा सेवाबाट वञ्चित छन् ।

बिमा विस्तारका लागि प्राधिकरणमा हाल १ सय ५८ जना र बिमा कम्पनीहरूमा २०८२ वैशाख मसान्तसम्म कार्यरत १२ हजार १ सय ६२ जना कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्दै अनुसन्धानमूलक तथा आवश्यकतामा आधारित नवीनतम बिमा लेखहरू निर्माण गर्न ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बिमा साक्षरतामा जोड दिन आवश्यक देखिन्छ । प्रविधिमैत्री बिमा सेवा प्रदान गर्न अपरिहार्य भएको छ ।’

प्रविधिमैत्री बिमा सेवा प्रदान गर्न अपरिहार्य भएको अध्यक्ष ओझाको भनाइ छ । प्राधिकरणले बिमा नीति हरेक वर्ष ल्याउने पनि जनाएको छ । बिमा प्रवर्धनलाई प्राथमिकतामा राख्ने पनि बताएको छ ।