एसिया रग्बी : नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग पराजित
दशरथ रङ्गशालामा भएको पहिलो खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो ।
पहिलो पटक रिङमा पस्दा निकै डराएँ
कराते खेलको चर्चाको शिखरमा हुनुहुन्छ, एरिका गुरुङ । नेपाललाई १९औँ एसियाली खेलकुद (एसियाड) मा रजत पदक जिताएपछि २० वर्षीया एरिकाको चर्चा देश विदेशमा चुलिएको हो ।
४१ करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र
जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ ।
एनआरएनए मलेसियाले एन्फाका पहिरो पीडित खेलाडी परिवारलाई सहयोग गर्ने
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मलेसियाले हालै आएको पहिरोमा परेर निधन भएका एन्फा यु–१३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ ।
इडब्लुभिएल : काठमाडौँको रोमाञ्चक जित
काठमाडौँ स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा रोमाञ्चक जित निकालेको छ ।
दशरथ रङ्गशालामा एसिया रग्बी
एसिया रग्बी महिला तथा पुरुष सेभेन्स शुक्रबारदेखि दशरथ रङ्गशालामा हुने भएको छ ।
च्याम्पियन्स लिग : रियललाई लिलेको झट्का
साबिक विजेता रियाल म्याड्रिडलाई युइएफए च्याम्पियन्स लिग फुटबलमा लिलेको झट्का लागेको छ । बुधबार राति भएको खेलमा रियल लेलेसँग उसैको मैदानमा १–० गोलले पराजित भयो ।
टि–ट्वान्टी : नेपालद्वारा ओमान पराजित
क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।
इडब्लुभिएल : कर्णालीको तेस्रो जित
कर्णालीले ललितपुरमाथि २५–२२, २५–२२, २९–२७ को जित निकालेको थियो ।
पुरुष यु–२० भलिबल टोलीको बिदाइ
श्रीलङ्काको कोलम्बोमा असोज २० देखि २६ गतेसम्म सञ्चालन हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु–२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।
दीपेन्द्र टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिनुभएको छ ।
नेपाल क्यानडासँग चार विकेटले पराजित
क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित सहजै आफ्नो पक्षमा पार्यो ।
भिल्लारियल तेस्रो स्थानमा
भिल्लारियल स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा भिल्लरियलले लास पाल्मासलाई ३–१ गोलले हरायो ।
चितवन राईनोजको लोगो सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टिम चितवन राईनोजको लोगो सार्वजनीक गरिएको छ ।
नेपाल र क्यानडाको टी–२० आज
त्रिकोणात्मक टी–२० सिरिजमा आज (मङ्गलबार) राति नेपालले घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।
कोशी प्रदेशस्तरीय फुटसल हुँदै
नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा सङ्घ नेपाल सुन्दरहरैँचा नगर समिति मोरङको आयोजनामा विराटचोकमा कोशी प्रदेश स्तरीय युथ फुटसल टुर्नामेन्ट हुने भएको छ ।
ललितपुरको विजयी सुरुवात
ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) विजयी सुरुवात गरेको छ ।
प्रदीप र अभिलाषा च्याम्पियन
प्रदीप खड्का र अभिलाषा विष्टले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको उपाधि जित्नुभएको छ । मुख्य स्पर्धा पुरुष सिंगल्समा प्रदीप र महिला सिंगल्समा अभिलाषा पहिलो हुनुभएको हो ।
एनपिएलको ‘कमर्सियल राइट्स’ ६ करोडमा विक्री
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ ।
अन्तर्राष्ट्रिय फुटबलबाट ग्रिजम्यानको सन्न्यास
फ्रान्सका चर्चित फुटबलर एन्टोइन ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएको छ ।
एनपिएल टोली सुदूरपश्चिमको लोगो सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले टोलीको नाम र लोगो सार्वजनिक गरेको छ ।
अधुरा योजना पूरा गर्दै प्रदेश सरकार
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बाँकेमा अलपत्र रहेको रङ्गशाला तथा कभर्डहललाई पूर्णता दिने भएको छ । बाँकेको खजुरा गाउँपालिका –४ डीगाउँमा प्रदेश सरकारले करिब एक करोड रुपियाँ खर्च गरेको पालिका स्तरीय रङ्गशालामा तीन बर्षदेखि बजेट नपरेकोमा यसबर्ष प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
‘टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित
क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
फिफा क्लब विश्वकप स्टेडियमहरूको घोषणा
फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा हुने नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा गरेको छ ।