• १९ असोज २०८१, शनिबार

चितवन राईनोजको लोगो सार्वजनिक

blog

काठमाडौँ, असोज १५ गते । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टिम चितवन राईनोजको लोगो सार्वजनीक गरिएको छ । चितवन मेडिकल कलेज स्वामित्वको चितवन राईनोजले मङ्लबार टिमको लोगो सार्वजनीक गरेको हो । 

चितवन राष्ट्रिय निकुञ्जमा पाईने एक सिङ्गे गैडा र जैविक विविधतालाई लोगोमा झल्काईएको छ । लोगोले चितवनको ह्दयको प्रतिनिधित्व गर्ने र चितवनको समृद्धि र वैभव झल्काउने राजसी गैडा र जैविक विविधतालाई प्राथमिकतमा राखिएको टिमले जनाएको छ । 

चितवन राईनोजले मैदान उत्रदा आफ्नो समुदायको भावनालाई साथमा लिएर हरेक खेलमा आफ्नो उत्कृष्टताका लागि प्रयास गर्ने बताएको छ । टिमले यस रोमाञ्चक यात्रामा जोडिन, क्रिकेटको माध्यमबाट एकसाथ उत्सव मनाउन र आफ्नो आधारभुमीलाई सम्मान गर्दै एउटा महान लक्ष्यका साथ अघि बढ्न सम्पुर्णमा अपिल समेत गरेको छ । 

चितवन राईनोजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले खेलकुद र स्वास्थ्यलाई एक साथ जोड्दै नेपालको क्रिकेट विकासमा योगदान गर्न चाहेको बताउनुभयो । ‘‘लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छौँ । खेलकुदलाई स्वास्थ्यसँग जोड्दै क्रिकेट विकासमा योगदान गर्ने हाम्रो लक्ष्य हो,’’ उहाँले भन्नुभयो ।