शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौ, फागुन ३० गते । हिमालयन जाभा नेसनल बास्केटबल लिगा सोलो बास्केटबल र प्लेबक्स एरेनाले सफलता हात पारेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा जारी लिगमा सोलो बास्केटबलले रोयल स्पोर्ट्स सेन्ट्रललाई ७९–६९ ले हरायो । सोलोको यो लगातार दोस्रो जित हो ।
यसअघि सोलोले पहिलो खेलमा प्लेबक्स एरेनालाई पराजित गरेको थियो । सोलोका प्रगुन महर्जनले सर्वाधिक २६ अंक बनाउनुभयो । उहाँ म्यान अफ दि म्याच घोषित हुनुभयो । रोयल्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा रोयल्स कीर्तिपुरसँग पराजित भएको थियो ।
यस्तै अर्को खेलमा प्लेबक्स एरेनाले कीर्तिपुरलाई पराजित गर्दे पहिलो जित हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा प्लेबक्सले कीर्तिपुरलाई ८५–८१ ले पराजित गरेको हो । कीर्तिपुरको यो पहिलो हार हो । कीर्तिपुरले पहिलो खेलमा रोएल्सलाई पराजित गरेको थियो ।