• १४ असोज २०८१, सोमबार

प्रदीप र अभिलाषा च्याम्पियन

blog

सिंगल्स उपाधि विजेता प्रदीप खड्का (बायाँ), अभिलाषा विष्ट (बीचमा) र दोहोरो स्वर्ण विजेता कमल थापा उपाधिसहित ।

काठमाडौँ, असोज १४ गते । प्रदीप खड्का र अभिलाषा विष्टले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको उपाधि जित्नुभएको छ । मुख्य स्पर्धा पुरुष सिंगल्समा प्रदीप र महिला सिंगल्समा अभिलाषा पहिलो हुनुभएको हो । 

सातदोबाटोस्थित टेनिस कोर्टमा साेमबार भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–०, ६–३ ले सहजै हराउनुभयो । महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा विष्टलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्नुभयो । 

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार पहिलो हुनुभयो । उहाँले फाइनलमा सन्तोष खत्रीलाई सीधा सेटमा ६–२, ६–१ ले पाखा लगाउनुभयो । भेट्रान पुरुष सिंगल्स स्पर्धामा दोहोरो स्वर्ण विजेता कमल थापा ५५ वर्षमाथि र ६५ वर्षमाथि च्याम्पियन बन्नुभएको हो । 

चन्द्र शाहीले पनि पुरुष डबल्समा दुई स्वर्ण जित्नुभयो । उहाँले ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ तथा ५५ वर्षमाथि उत्तम शेर्पासँग मिलेर स्वर्ण जित्नुभएको हो । ११ स्पर्धा समावेश प्रतियोगितामा एक सय ३९ खेलाडीले भाग लिएका थिए ।