• ६ पुस २०८२, आइतबार

प्रधानमन्त्रीसँग भेट गर्नुहुँदै रास्वपा सभापति लामिछाने

blog

बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने । तस्बिरः केशव थापा /प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, पुस ६ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेट गर्नुभएको छ । 

आइतबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्रीसँग भेट गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । \

भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगै रास्वपाका शीर्ष नेता सहभागी हुनुहुन्छ ।