• १८ असोज २०८१, शुक्रबार

एसिया रग्बी : नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग पराजित

blog

काठमाडौँ, असोज १८ गते । एसिया रग्बी र नेपाल रग्बी सङ्घको आयोजनामा शुक्रबारबाट सुरु भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको पहिलो खेलमा आयोजक नेपाल पराजित भएको छ । दशरथ रङ्गशालामा भएको पहिलो खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो । 

यस्तै पुरुषको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबियालाई ३९–७, श्रीलङ्काले काजकिस्तानलाई ४३–०, भारतले बङ्गलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको छ ।


यसैगरी मिहलातर्फ पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको छ । महिलातर्फको अर्को खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरमा पराजित गरेको छ ।

दुई दिने प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित फिलिपिन्स, बहराइन, काजाकिस्तान, अफगानिस्तान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाइनिज ताइपेइ र श्रीलङ्का छ । महिलातर्फ आयोजक नेपालसहित फिलिपिन्स, भारत, ग्वाम, श्रीलङ्का, इरान, उज्वेकिस्तान र इन्डोनेसिया छन् ।