क्षेत्रको बेइजिङ, पुस ६ गते । चीनको सबैभन्दा ठूलो समुद्री तेल क्षेत्र ‘बोहाई तेल क्षेत्र’ ले सन् २०२५ मा चार करोड टन तेल उत्पादन गरी ऐतिहासिक रेकर्ड कायम गरेको चीन राष्ट्रिय समुद्री तेल निगमले आइतबार जनाएको छ ।
उत्पादन र क्षेत्रफल दुवैमा अगुवा रहेको यो तेल क्षेत्रको रेकर्ड उत्पादनले राष्ट्रिय ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उच्च गुणस्तरीय आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान पु¥याउने कम्पनीले जनाएको छ ।
बोहाई तेल क्षेत्र हाल ६० भन्दा बढी उत्पादनरत तेल र ग्यास क्षेत्रहरू सञ्चालनमा राखेको छ र यसले अहिलेसम्म ६० करोड टनभन्दा बढी कच्चा तेल उत्पादन गरिसकेको छ । पछिल्ला पाँच वर्षमा यसको तेल र ग्यास उत्पादन वार्षिक रूपमा पाँच प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीका अनुसार बोहाई तेल क्षेत्रले आफ्नो डिजिटल र हरित रूपान्तरणलाई पनि तीव्र बनाएको छ । प्रमुख उपकरणहरूको स्थानीयकरणमा प्रगति भएको छ, जसमा चीनको पहिलो घरेलु विकास गरिएको उथलो पानीमा उत्पादन प्रणाली समेत समावेश छ । साथै, बोहाई तेल क्षेत्रका ८० प्रतिशतभन्दा बढी तेल क्षेत्रहरू स्थल विद्युत स्रोतसँग जोडिएका छन् । रासस, सिन्ह्वा