• ६ पुस २०८२, आइतबार

बागमती प्रदेशको मुख्यन्याधिवक्तामा बस्नेत नियुक्त

blog

बागमती प्रदेशको मुख्यन्याधिवक्ता अप्सरा बस्नेतलाई नियुक्तिपत्र प्रदान गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा।

राममणि दाहाल

मकवानपुर, पुस ६  गते। बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त हुनुभएको छ। 

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रममा अधिवक्ता बस्नेतलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत निशा न्यौपानेले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले बस्नेतलाई बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गर्नुभएको जानकारी दिनुभयो।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका ५ निवासी बस्नेतलाई रिक्त रहेको मुख्यन्याधिवक्तामा नियुक्तिका लागि बागमती प्रदेशका प्रदेश प्रमुख समक्ष सिफारिश गर्नुभएको थियो। 

प्रदेश प्रमुखको कार्यालयले मुख्यन्याधिवक्तामा नियुक्तिसँगै पद तथा गोपनियताको सपथ ग्रहणका लागि उच्च अदालत पाटनमा पत्रचार भएको र समय व्यवस्थापन भएपछि सपथ ग्रहण गराइने जनाइएको छ। 

उच्च अदालतका मुख्य न्यायाधिसले मुख्यन्याधिवक्त पद तथा गोपनियताको सपथ ग्रहण प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालत मुख्य न्यायाधिसले गर्ने व्यवस्था संविधानमा रहेको छ।

मुख्यन्याधिवक्ता नियुक्ति भएसँगै बस्नेत सातै प्रदेशको पहिलो महिला मुख्य न्यायाधिवक्ता बन्नुभएको छ।

हेटौँडा निवासी अधिवक्ता बस्नेत मकवानपुर जिल्ला बार एसोसियसनको निवर्तमान अध्यक्ष हुनुहुन्छ। अधिवक्ता बस्नेत अधिवक्ता बस्नेत मकवानपुर बार एसोसियसनको पहिलो महिला अध्यक्षसमेत बन्नुभएको थियो। 

मुख्यन्याधिवक्ता पदबाट सुकदेव काफ्लेले पुस १ गतेबाट लागू हुने गरी मुख्यन्याधिवक्ता पदबाट राजीनामा दिनुभएको थियो।

अधिवक्ता काफ्ले गत वर्ष भदौ २ गते मुख्यन्याधिवक्ता पदमा नियुक्त हुनुभएको हो।