फुटबल टोलीको प्रशिक्षणमा ३६ खेलाडी
राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले बन्द प्रशिक्षणका लागि ३६ खेलाडी बोलाउनुभएको छ ।
बङ्गलादेशको साइक क्रिकेटर्स र नेक्सस रुपन्देही–११ विजयी
रुपन्देहीको भैरहवामा जारी बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगितामा सोमबार बङ्गलादेशको साइक क्रिकेटर्स र नेक्सस रुपन्देही–११ विजयी भएको छ ।
साफ महिला च्याम्पियनसिप : भुटानले श्रीलङ्कालाई सजिलै हरायो
साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को खेलमा भुटानले श्रीलङ्कालाई सजिलै हराएको छ ।
सेभियामाथि बार्सिलोनाको सहज जित
स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले सेभियामाथि फराकिलो जित निकालेको छ ।
लिभरपुल शीर्ष स्थानमा
लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा चेल्सीलाई २–१ गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
‘साम्बा’ को आगमनले उत्साहित नेपाल आज माल्दिभ्ससँग खेल्दै
भुटानसँगको खेलमा नेपालको अभाव खड्किएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आइतबार राति नै नेपाल आइपुग्नुभएको छ । ‘साम्बा’ को आगमनले नेपाल थप उत्साहित बनेको छ ।
न्युजिल्यान्डलाई टी-२० महिला विश्वकप उपाधि
आइसिसी टी-२० महिला विश्वकपको उपाधि न्युजिल्यान्डले जितेको छ ।
अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’
अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो ।
भलिबल कप्तान मानबहादुरको सन्न्यास
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गर्नुभएको छ ।
साफ महिला च्याम्पियनसिप : बङ्गलादेश र पाकिस्तानको बराबरी
साविक विजेता बङ्गलादेश र पाकिस्तानको बराबरी साफ महिला च्याम्पियनसिपमा बराबरी खेलेका छन् ।
झापा ११ बेलबारी गोल्डकपको सेमिफाइनलमा
झापा ११ फुटबल क्लब, भोजपुर फुटबल क्लबलाई ३-० ले हराउँदै बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिपी स्मृति कप : लाइफ केयरको दोस्रो जित
भारतको लाइफ केयर क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा जारी बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
बार्सिलोनालाई पछ्याउँदै रियल
स्पेनिस ला लिगामा रियल म्याड्रिडले शीर्ष टोली बार्सिलोनासँगको अङ्क दुरी घटाउँदै लगेको छ ।
सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो एक खेल अगावै सिरिज
अमेरिकाविरुद्ध टी–२० सिरिज नेपालले जितेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो ।
नेपाल र अमेरिकाको दोस्रो खेल सुपर ओभरमा
अमेरिका र नेपालबिच टी–२० सिरिजको दोस्रो खेल सुपर ओभरका पुगेको छ ।
महिला टी–२० विश्वकपले नयाँ च्याम्पियन पाउने
न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच महिला टी–२० विश्वकपको उपाधि भिडन्त हुने भएको छ । अब आइतबार दुबईमा हुने फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुने भएको छ ।
नेपाल–अमेरिका टी–२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल
नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत केहीबेरमा दोस्रो खेल खेल्दै छ । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।
वडाध्यक्ष कप क्रिकेटको उपाधि शुक्लाफाँटालाई
कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभुलीमा आयोजित प्रथम डिवाइएस वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिका–७ ले हात पारेको छ।
यु–१७ फुटबल टोलीको बिदाइ
कतारमा अक्टोबर २३ देखि २७ तारिखसम्म हुने एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय युवा टोलीको बिदाइ गरिएको छ ।
थप्रेक दौडमा पोखराका मगर पहिलो
थप्रेक दसैँ मेलामा गरिएको थप्रेक दौड प्रतियोगितामा पोखराका गीरु मगर पहिलो हुनु भएको छ ।
बिपी कोइराला स्मृति कप : नेक्सस रुपन्देही र भारतको लाइफ केयर विजयी
रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा बिपी कोइराला स्मृति कप टी–२ प्रतियोगिता सुरु भएको छ ।
नेपाललाई एक खेल अगावै सिरिज जित्ने मौका
अमेरिकाविरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आइतबार बिहान खेल्दैछ ।
वेस्ट इन्डिजलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा
न्युजिल्यान्ड आइसिसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
झापा ११ कञ्चनजङ्घालाई हराउँदै क्वाटर फाइनल प्रवेश
उद्घाटन खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।