• ३ कात्तिक २०८१, शनिबार

महिला टी–२० विश्वकप

वेस्ट इन्डिजलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

blog

वेस्ट इन्डिजलाई हराएपछि न्युजिल्यान्डका खेलाडी ।

काठमाडौँ, कात्तिक ३ गते । न्युजिल्यान्ड आइसिसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । 

दुबईमा शुक्रबार राति भएको दोस्रो सेमिफाइनल खेलमा वेस्ट इन्डिजलाई आठ रनले हराउँदै न्युजिल्यान्डले फाइनलमा स्थान बनाएको हो । तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको न्युजिल्यान्डले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ ।

पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्ड सन् २००९ को पहिलो र २०१० को दोस्रो संस्करणमा पनि फाइनल पुगेको थियो ।

न्युजिल्यान्ड पहिलो संस्करणमा इङ्गल्यान्ड र दोस्रो संस्करणमा अस्ट्रेलियासँग पराजित भएको थियाे । पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो ।

एक सय ३० रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २० रनमा समेटिएको थियो । फाइनल खेल आइतबार हुनेछ । एजेन्सी