• ५ कात्तिक २०८१, सोमबार

सेभियामाथि बार्सिलोनाको सहज जित

blog

गोल गरेपछि खुसी मनाउँदै बार्सिलोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, कात्तिक ५ गते । स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले सेभियामाथि फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ५–१ गोलले हरायो । बार्सिलोनाको रोबर्टो लेवान्डोस्की र पाब्लो टोरेले दुई दुई गोल गर्नुभयो । अर्को गोल पेड्रीले गर्नुभयो ।

सेभियाका लागि स्टानिस इडुम्बोले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा तीन अङ्कको अग्रता लिएको छ । १० खेल सकेको बार्सिलोनाको २७ अङ्क छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २४ अङ्क छ । पराजित सेभिया १२ अङ्कसहित १३औँ स्थानमा छ । एजेन्सी