• ५ कात्तिक २०८१, सोमबार

साफ महिला च्याम्पियनसिप : भुटानले श्रीलङ्कालाई सजिलै हरायो

blog

बल अगाडि बढाउँदै भुटानकी खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, कात्तिक ५ गते । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को खेलमा भुटानले श्रीलङ्कालाई  सजिलै हराएको छ ।

दशरथ रङ्गशालामा सोमबार भएको खेलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलले हरायो । भुटानलाई जिताउन देकी लाजोमले दुई तथा देर्जी एडोन र नामगेल देमाले एक एक गोल गर्नुभयो । 

श्रीलङ्काका लागि कप्तान थुशानी मदुसीकाले सान्त्वना गोल गर्नुभयो । जितसँगै समूहमा दुई खेलबाट चार अङ्क बनाएको भुटान शीर्षस्थानमा छ । भुटानले पहिलो खेलमा नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो । श्रीलङ्काले समान खेलबाट तीन अङ्क बनाएको छ ।

एक खेल खेलेको नेपालको एक नै अङ्क छ । माल्दिभ्सले अङ्कको खाता खोल्न सकेको छ । समूहको अर्को खेलमा सोमबार (आज) साँझ नेपाल र माल्दिभ्सबिच प्रतिस्पर्धा हुनेछ ।