• ३ कात्तिक २०८१, शनिबार

यु–१७ फुटबल टोलीको बिदाइ

blog

नेपाली यु–१७ टोली का खेलाडी ।

काठमाडौँ, कात्तिक ३ गते । कतारमा अक्टोबर २३ देखि २७ तारिखसम्म हुने एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय युवा टोलीको बिदाइ गरिएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शनिबार युवा टोलीको बिदाइ गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ। यस समूहमा नेपालसहित जापान, कतार र मङ्गोलिया रहेका छन् ।

नेपाली अक्टोबर २३ मा जापानसँग खेल्छदै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले अक्टोबर २५ मा आयोजक कतारसँग र अन्तिम खेल अक्टोबर २७ मा मङ्गोलियासँग खेल्नेछ । 

नेपाली यु–१७ टोली 

पेम्बा नुर्बु भोटे, रामबहादुर बोहरा, विशेष बानियाँ, प्रशान्त मोक्तान, सुजलमान घले, निशान राजलावोत, भुवन कामी, एकराज विश्वकर्मा, जोन विष्ट, सबिनया कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बाम, अलिक श्रेष्ठ, सविनकुमार लुङ्गेली मगर, रोहित श्रेष्ठ, सन्तोष गोङ्वा, रञ्जित लामा, तेन्जिङ शेर्पा र दिग्विजय शाही ।