• ६ कात्तिक २०८१, मङ्गलबार

चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

blog

हरि कोइराला 

उर्लाबारी, कात्तिक ५ गते । काठमाडौँको चित्लाङ फुटबल क्लब, एक पक्षीय खेलमा राजारानी फुटबल क्लब धनकुटालाई ३–१ गोलले हराउँदै अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ बेलबारी आरजु राइस गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ  । 

चित्लाङ फुटबल क्लबको जितका लागि १६औँ  मिनेटमा विदेशी खेलाडी हेनरीले गोल गर्नुभयो । रोवर्टले कर्नर प्रहार गरेको बल राजारानीका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गरी बचाउनुभएको थियो । तर, रिवाउन्स बललाई चित्लाङका खेलाडी हेनरीले सिधै विपक्षी पोष्टमा गोल गर्नुभयो । 

३३औँ मिनेट चित्लाङका विदेशी खेलाडी रोवर्टले गोल गर्दै जित अझ फराकिलो बनाउनुभयो । हेनरींको क्रस पासमा रोवर्टले गोल गर्नु भएको थियो ।  ५६औँ मिनेटमा रोवर्टले थप एक गोल गर्नुभयो । तेस्रो गोल रोवर्टले तपन कार्कीको पासमा गर्नुभयो ।  

राजारानी क्लब धनकुटाका लागि ६१औँ मिनेटमा अनन्त तामाङको सान्त्वना गोल फर्काउनुभयो । चित्लाङका रोवर्ट म्यान अफ दि म्याच हुनुभयो । चित्लाङले कात्तिक ९ गते  दलसिंहपारा फुटबल क्लब भारत र सलहेस क्लब सिराहा बिचको खेलको विजेतासँग खेल्नेछ । मङ्गलबार गत वर्षको विजेता ब्रिगेड ब्वाइज र बुटवल लुम्बिनी फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।