• ३ पुस २०८२, बिहिबार

जङ्गल गएका बालकको करेन्ट लागेर मृत्यु

blog

कोकिला भण्डारी
धनकुटा, पुस ३ गते ।
दाउरा काट्न जङ्गल गएका बालकको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ । पाख्रिबास नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको हो ।

विद्युतको पोलको सपोर्ट तारबाट करेन्ट लागेर बालकको मृत्यु भएको स्थानीयले आशङ्का गरेका छन् ।

जिल्लाको पाख्रिबास नगरपालिका ५ चौतारास्थित जङ्गलमा गैरीगाँउ बस्ने लोकबहादुर तामाङको १४ वर्षीय छोरा बादल तामाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

घटनाको प्रारम्भिक अनुसन्धानपछि मृतक तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो । पोष्टमार्टमपछि उक्त शव दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।