• ३ पुस २०८२, बिहिबार

यस्तो छ आजको मौसम पूर्वानुमान

blog

काठमाडौँ, पुस ३ गते । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

बिहीबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस रहने र अधिकतम तापक्रम   १७ देखि १९ डिग्री सेल्सियसबीच रहनेछ । रासस