• ५ कात्तिक २०८१, सोमबार

साफ महिला च्याम्पियनसिप : बङ्गलादेश र पाकिस्तानको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै बङ्गलादेश र पाकिस्तानका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, कात्तिक ४ गते । साविक विजेता बङ्गलादेश र पाकिस्तानको बराबरी साफ महिला च्याम्पियनसिपमा बराबरी खेलेका छन् ।

समूह ‘ए’ अन्तर्गत दशरथ रङ्गशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा बङ्गलादेश र पाकिस्तानले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । पहिलो हाफमा अग्रता लिएको पाकिस्तानले दोस्रो हाफको अन्तिममा गोल खाएको थियो । 

पाकिस्तानका लागि जाहमेना मालिकले ३२औँ मिनेटमा गोल गर्नुभयो । उहाँले रमीन फरिदले दिएको लामो पासमा विपक्षी गोलरक्षकलाई विट गर्दै गोल गर्नुभएको थियो ।

त्यसपछि बङ्गलादेशले दोस्रो हाफको इन्जुरी समयमा सम्सुनाहर जुनियरको गोलमा बराबरी गरेको थियो । सम्सुनाहरले ऋतुले बायाँ साइडबाट दिएको पासमा पोस्ट छेउबाट गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभयो ।

यस बराबरीसँगै समूह ‘ए’  बाट भारत एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । बङ्गलादेश र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने सम्भावना जिवित छ । पहिलो खेल खेलेको बङ्गलादेशले एक अङ्क बनाएको छ । दुई खेलमा पहिलो बराबरी गरेको पाकिस्तानको पनि एक अङ्क छ ।

समूहको पहिलो खेलमा पाकिस्तान भारतसँग ५२ गोलले पराजित भएको थियो । समूहमा तीन अङ्क बनाएको भारत शीर्ष स्थानमा छ ।

अब भारत र बङ्गलादेशबिचको खेलले अर्को सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ । च्याम्पियनसिपमा सोमबार पहिलो खेल भुटान र श्रीलङ्का तथा दोस्रो खेल आयोजक नेपाल र माल्दिभ्सबिच हुनेछ ।