• २९ चैत २०८२, आइतबार

आर्मीलाई हराउँदै गोल्डेनगेट च्याम्पियन

blog

उपाधिसँगै गोल्डेनगेट टोली ।

काठमाडौँ, चैत २९ गते । गोल्डेनगेट बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) च्याम्पियन बनेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्डहलमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई  ९५–७४ ले हराउँदै गोल्डेनगेट च्याम्पियन बनेको हो । 

यसअघि लिग चरणमा दुई र पहिलो क्वालिफायरमा गरि आर्मीले तीनपटक गोल्डेनटलाई पराजित गरेको थियो । फाइनलमा आर्मी कमजोर बन्यो ।

गोल्डेनगेटले पहिलो क्वाटरमा २४–१४ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर पनि गोल्डेनगेटले १७–१२ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ४१–२६ को अग्रता बनायो ।

तेस्रो क्वाटर गोल्डेनगेटले २७–२५ ले आफ्नो पक्षमा पार्दै अग्रता बढायो । गोल्डेनगेटले चौथो क्वाटर २७–२३ ले आफ्नो पक्षमा पार्दै जित निकालेको हो । गोल्डेनगेटका जाईन खान म्यान अफ दि म्याच हुनुभयो । 

उपाधिसँगै गोल्डेनगेटले चार लाख रुपियाँ पुरस्कार पायो । उपविजेता आर्मिले दुई लाख रुपियाँ पायो । तेस्रो भएको टाईम्स बास्केटबल क्लबले एक लाख रुपियाँ पायो ।

नेपाल बास्केटबल सङ्घले आयोजना गरेको लिगमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । डबल राउण्ड रोविन प्रणालीमा सञ्चाल भएको लिगमा शीर्ष चार टोलीले प्लेअफ खेलेका थिए । विजेतालाई राष्ट्रिय खृलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहतालगायतले पुरस्कार प्रदान गर्नुभयो ।