शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १९ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार बस्दै छ ।
कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा सो बैठक बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थितका लागि अनुरोध गरिएको उहाँको भनाइ छ ।
यसअघि वैशाख १६ गते कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने विभिन्न सदस्यहरुलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो ।