• ५ कात्तिक २०८१, सोमबार

भलिबल कप्तान मानबहादुरको सन्न्यास

blog

मानबहादुर श्रेष्ठ ।

काठमाडौँ, कात्तिक ४ गते । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गर्नुभएको छ । 

मानबहादुरले आइतबार सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गर्नुभएको हो । सन् २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यू गर्नुभएको उहाँले नेपालका लागि सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग तथा एसियन गेम्स खेल्नुभएको थियो ।

उहाँले राष्ट्रिय बिच भलिबल टोलीको पनि कप्तानी गर्नुभएको थियो । विभागीय टोली त्रिभुवन आर्मी क्लबको समेत कप्तानी गर्दै आउनुभएका मनबहादुरले नयाँ खेलाडीलाई मौका दिन आफुले सन्न्यास लिएको उल्लेख गर्नुभएको छ ।