• ५ कात्तिक २०८१, सोमबार

लिभरपुल शीर्ष स्थानमा

blog

तस्बिर : गेट्टी इमेज

काठमाडौँ, कात्तिक ५ गते । लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा चेल्सीलाई २–१ गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । 

चेल्सीलाई जिताउन मोहमद सलाहले २९औँ र कर्टिस जोन्सले ५१औँ मिनेटमा गोल गर्नुभयो । 

चेल्सीका लागि निकोलस ज्याक्सनले ४८औँ मिनेटमा गर्नुभएको गोल सान्त्वना बनेको थियो । जितसँगै लिभरपुलले आठ खेलबाट २० अङ्क बनाएको छ । पराजित चेल्सी १४ अङ्कसहित छैटौँ स्थानमा छ । 

आइतबार राति नै भएको अर्को खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले वल्भ्सलाई उसैको मैदानमा २–१ गोलले हरायो । जितसँगै २० अङ्क बनाएको सिटी दोस्रो स्थानमा छ । पराजित वल्भ्स एक अङ्कसहित अन्तिममा छ । एजेन्सी