पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।
माल्दिभ्सको पोस्टमा भुटानको १३ गोल
दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो । पहिलो हाफमा ६ गोल गरेको भुटानले दोस्रो हाफमा सात गोल थपेको थियो ।
राष्ट्रिय ब्याडमिन्टन गर्न सांस्कृतिक कार्यक्रम
तेस्रो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजनाको सहयोगार्थ धनकुटाको हिलेमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
जापानसँग नेपालको फराकिलो हार
एएफसी यु–१७ एसियन कप छनोटमा नेपालले जानपानसँग फराकिलो हार खेपेको छ ।
यु–१९ महिला विश्वकप छनोटमा स्याङ्जाका तीन खेलाडी
युएईमा हुने आइसिसीयु–१९ महिला विश्वकप छनोटमा स्याङ्जाका तीन जना खेलाडी छनोट भएका छन् ।
च्याम्पियन्स लिगमा सिटीले तोड्यो वर्ष १५ पुरानो कीर्तिमान
इङ्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा १५ वर्ष पुरानो कीर्तिमान तोडेको छ ।
बेलबारी गोल्डकपको सेमिफाइनल समीकरण पूरा
भारत पश्चिम बङ्गालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सन् २०२६ विश्वकपमा नौ वा दश अफ्रिकी देशले भाग लिने : फिफा अध्यक्ष
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा नौ अफ्रिकी टोलीले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडामा हुने सन् २०२६ को विश्वकपमा प्रतिस्पर्धा गर्ने पुष्टि गर्नुभएको छ ।
साफ महिला च्याम्पियनसिप: नेपाल र श्रीलङ्का भिड्दै
साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।
खेल नै खेल्न नपाइने नेपालगन्ज रङ्गशाला
बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले फुटबल खेलाडीले विगत ७ वर्ष देखि नेपालगन्ज रङ्गशालामा खेल्न नपाउनु दुर्भाग्यपूर्ण अवस्था भएको बताउनु भएको छ ।
बङ्गलादेश समूह विजेता बन्दै सेमिफाइनलमा
दशरथ रङ्गशालामा बुधबार साँझ भएको खेलमा पाँच पटकको च्याम्पियन भारतलाई ३–१ गोलले हराउँदै बङ्गलादेश समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
आठौँ मण्डली कप हुने
एक लाख ५० हजार राशीको आठौँ मण्डली कप कात्तिक २१ गतेदेखि हुने भएको छ । मण्डली स्पोर्ट्स क्लब पूर्वखोलाको आयोजनामा प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
झापालाई तेस्रो रात्रिकालीन मेयर कप भलिबलको उपाधि
सुनसरीको इनरुवामा तेस्रो रात्रिकालीन मेयर कप भलिबलको उपाधि झापाले चुमेको छ ।
भिनिसियसको ह्याट्रिकमा रियलको पुनरागमन जित
घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा रियलले बोरुसिया डर्टमन्डलाई ५-२ गोलले हरायो । रियललाई जिताउन भिनिसियसको ह्याट्रिकसँगै एन्टोनियो रुडिगर र लुकास भास्क्वेजले एक एक गोल गर्नुभयो ।
साविक विजेता बङ्गलादेश र भारत भिड्दै
साफ महिला च्याम्पियनसिपमा आज (बुधबार) साँझ सर्वाधिक सफल टोली भारत र साविक विजेता बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ ।
अभ्यास खेलमा नेपाल अमेरिका ‘ए’ सँग पराजित
टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा बुधबार बिहान भएको खेलमा नेपाल अमेरिका ‘ए’ सँग चार विकेटले पराजित भएको हो ।
मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षण मङ्सिर १ देखि पुनः सुरु हुने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन–२०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मङ्सिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ ।
बुटवल लुम्बिनी सेमिफाइनलमा प्रवेश
डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज ललितपुर बेलबारी गोल्डकपको उपाधि होडबाट बाहिरिएको छ ।
ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोर्स हुने
नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा अक्टोबर २५ देखि नोभेम्बर ९ तारिखसम्म नेपालमा ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने भएको छ ।
नेक्सस रुपन्देही र भारतको लाइफ केयर विजयी
रुपन्देहीको भैरहवामा जारी बिपी कोइराला स्मृति कपटी–२० क्रिकेट प्रतियोगितामा मङ्गलबार नेक्सस रुपन्देही–११ र भारतको लाइफ केयर क्रिकेट क्लब विजयी भएका छन् ।
हङकङ सुपर सिक्सका लागि टोली घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा आयोजना हुने हङकङ सुपर सिक्स प्रतियोगिताका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
नटिङ्घमको कठिन जित
नटिङ्घम फरेस्टले इङ्लिस प्रिमियर लिग फुटबलमा कठिन जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा नटिङ्घमले क्रिस्टल प्यालेसलाई १–० गोलले हरायो ।
लुम्बिनी लायन्सको प्रतिभा खोज अभियान
नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरका लागि सुनौलो अवसर ल्याएको छ ।
माल्दिभ्सको पोस्टमा नेपालको गोल वर्षा
साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ ।