• १० कात्तिक २०८१, शनिबार

नटिङ्घमको कठिन जित

blog

बल खोस्ने प्रयास गर्दै नटिङघम र क्रिस्टलका खेलाडी । तस्बिर : रोयटर्स

काठमाडौँ, कात्तिक ६ गते । नटिङ्घम फरेस्टले इङ्लिस प्रिमियर लिग फुटबलमा कठिन जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा नटिङ्घमले क्रिस्टल प्यालेसलाई १–० गोलले हरायो । 

घरेलु टोली नटिङ्घमलाई जिताउन क्रिस उडले ६५औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । जितसँगै आठ खेलबाट १३ अङ्क बनाएको नटिङ्घम आठौँ स्थानमा उक्लिएको छ । पराजित  क्रिस्टल समान खेलबाट तीन अङ्क जोड्दै १८औँ स्थानमा छ । 

लिगको शीर्षस्थानमा रहेको लिभरपुलले आठ खेलबाट २१ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको साबिक विजेता म्यानचेस्टर सिटीको २० र तेस्रो स्थानमा रहेको आर्सनलको १७ अङ्क छ । एजेन्सी