• ४ पुस २०८२, शुक्रबार

‘राजनीतिमा रविले गरेको आँटलाई जनताले बुझ्नुपर्छ’

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले। तस्बिरः नवराज नेपाली ।

नवराज नेपाली

बागलुङ, पुस ४ गते  । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध राखेको आरोप लगाउनुभएको छ । 

शुक्रबार बागलुङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै वाग्लेले पुराना पात्र र प्रवृतिविरुद्ध जेहाद छेडेका कारण रविमाथि प्रतिशोध साँधेको प्रमाणित हुँदै गएको उहाँको भनाइ छ ।

‘नेपाली जनताका नाममा राजनीतिक दलबाट भएका गलत सुशासन विरोधी क्रियाकलाप, विकास निर्माण लगायत आर्थिक विकासका क्षेत्रमा गरेका गलत कामको भण्डाफोर गर्न रास्वपा सभापतिले गरेको साहस आम युवाका लागि अनुकरणीय छ’, वाग्लेले भन्नुभयो, ‘रविले गरेको त्यो साहस स्वर्णिय वाग्लेले गर्न सक्दैन ।’ 

अबको निर्वाचनमा रास्वपालाई बहुमत र रास्वपा जस्तै नयाँ शक्तिलाई दुई तिहाइ मत दिन उहाँले मतदातालाई आह्वान गर्नुभयो । ‘जनताले पुराना दललाई र तिनै खालका प्रवृतिलाई मत दिएपछि त्यही अनुसारकै सरकार बन्छ र हामी फेरि पनि पछि पर्छौ भन्ने कुरा जनताले बुझ्नपर्छ’, उहाँले भन्नुभयो ।

कार्यक्रम विभिन्न राजनीति दलका सक्रिय  पार्टी कार्यकर्ताले  पार्टी परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीकामा प्रवेश गरेका छन्।