साफ यु–२० फुटबल : भुटानमाथि भारतको कठिन जित
साबिक विजेता भारतले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपमा भुटानमाथि कठिन जित निकालेको छ ।
सिटीको विजयी सुरुवात
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । साबिक विजेता समेत रहेको सिटीले आइतबार राति भएको खेलमा चेल्सीलाई उसैको मैदानमा २–० गोलले हरायो ।
नेपालगन्ज म्याराथनको दशक उत्सव मङ्सिरमा
नेपालगन्ज म्याराथनको १०औँ संस्करण आउँदो मङ्सिर २२ गते आयोजना हुने भएको छ ।
प्रधानमन्त्री र महिला भलिबल खेलाडीबिच संवाद, कभर्डहल हामी बनाउँछौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको दिन सोमबार बिहान करिब दुई घण्टा राष्ट्रिय महिला भलिबल टिमसँग बिताउनुभएको छ ।
काभा यु–२० भलिबल : १८ खेलाडी बन्द प्रशिक्षणमा
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को आयोजनामा अक्टोबर ३ देखि ९ तारिखसम्म श्रीलङ्कामा आयोजना हुने यु–२० भलिबल च्याम्पियनसिपको लागि नेपाल भलिबल सङ्घले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
धरानमा अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल हुने
तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता असोज ३ गतेदेखि ५ गतेसम्म धरानमा हुने भएको छ ।
साफ यु–२० फुटबल : नेपालको विजयी सुरुवात
आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले हरायो ।
बार्सिलोनाको विजयी सुरुवात
स्पेनिस महारथि बार्सिलोनाले नयाँ सिजनको ला लिगामा विजयी सुरुवात गरेको छ । मोस्टाला स्टेडियममा शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ गोलले हरायो ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्स शीर्षस्थानमा
नेदरल्यान्ड्स आइसिसी विश्वकप लिग–२ को शीर्षस्थानमा उक्लिएको छ ।
लोमान्थाङमा गल्फ प्रतियोगिता सम्पन्न
मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ल्वाथाङमा तेस्रो संस्करणको गल्फ कोर्स प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
पिएसजीको विजयी सुरुवात
साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा पिएसजीले ले हाभ्रेलाई ४–१ गोलले हरायो ।
साफ यु–२० फुटबल : सहभागी सबै टोलीको लक्ष्य उपाधि
च्याम्पियनसिप अघि शनिबार आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो लक्ष्य उपाधि चुम्नु रहेको दाबी गरेका छन् ।
जिपिएल क्रिकेट : गल्याङ युनाईटेड र राईजिङ स्टारको विजयी सुरुवात
स्याङ्जाको गल्याङमा सुरु भएको ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) मा गल्याङ युनाईटेड र राईजिङ स्टार गल्याङले विजयी सुरुवात गरेको छ ।
नेपाल एसिया छनोट क्रिकेटको आयोजना गर्दै
नेपालले आइसिसी १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ । आगामी अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
भरोसा जगाउँदै महिला भलिबल
भारतलाई हराएर च्याम्पियन बन्ने नेपालको सपना अधुरै रह्यो । उपाधि जितेको भए नेपाली भलिबल टिमले घरेलु कोर्टमा पहिलो अन्तर्राष्ट्रिय उपाधि हात पार्ने थियो । यद्यपि यस टिमले नेपाली महिला भलिबलको भविष्यलाई लिएर ठुलो भरोसा दिलाएको छ । फुटबल र क्रिकेटको मात्र धेरै चर्चा हुने नेपाली खेलकुद वृत्तमा अहिले भलिबल पनि थपिएको छ । भलिबलको चर्चा पनि महिला टिमका कारण चुलिँदै छ । महिला भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार उपलब्धिसहित समर्थकलाई आफूसँग जोड्न बाध्य बनाउँदै छ । यसै महिना काभा नेसन्स भलिबल लिगमा दमदार प्रदर्शनसहित फाइनल यात्रा र
महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार
सरकारले हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ ।
स्पेनिस ला लिगा सुरु : दुवै खेल बराबर
स्पेनिस ला लिगाको नयाँ सिजन २०२४/०२५ सुरु भएको छ । बिहीबार राति भएको उद्घाटन सत्रका दुवै खेल बराबरीमा सकिएको छ ।
यु–२० फुटबलको कप्तानमा कुशल
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबारदेखि सुरु हुने यु–२० साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानको जिम्मेवारी कुशल देउजालाई दिएको छ ।
सुदूरपश्चिमको अध्यक्षमा विष्ट
सुरेन्द्र सिंह विष्ट नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको सुदूरपश्चिम प्रदेश अध्यक्षमा चयन भएका छन्।
एम्बाप्पेको डेब्यु गोलमा रियल च्याम्पियन
फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेको डेब्यु गोल सहयोगमा रियल म्याड्रिडले युरोपियन सुपर कपको उपाधि जितेको छ ।
दशरथ रङ्गशाला बिग्रिएपछि सातदोबाटो सर्यो साफ यु–२० फुटबल
नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको अवस्था नाजुक भएपछि आइतबार देखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोमा हुने भएको छ ।
१०औँ राष्ट्रिय खेलकुदको कार्यविधि बन्यो
कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ ।
एपीएफका तीन महिला भलिबल खेलाडीलाई सम्मान
काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा सहभागी नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीलाई बुधबार सम्मान गरिएको छ । प्रधान कार्यालयमा आयोजित कार्यक्रमबिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गर्नुभएको हो ।
कर्पोरेट टी–१० क्रिकेट हुने
भेट्रान ४० प्रालिको आयोजनामा भदौ १ देखि ४ गतेसम्म कर्पोरेट टी–१० क्रिकेट लिग हुने भएको छ ।