अस्ट्रेलियामा मुँवाथाई खेल्दै गुणराज
नेपाली मुँवाथाईका सफल खेलाडी गुणराज रुचाल वैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ प्रस्थान गर्दै हुनुहुन्छ ।
एसियन जुनियर बक्सिङमा नेपालका चार खेलाडी
एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा अवुधावीमा हुने एसियन जुनियर तथा स्कुल ब्वाईज एण्ड गल्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार जना पुरुष खेलाडी सहभागी हुने भएका छन् ।
साफ यु–२० फुटबल : नेपाल र बङ्गलादेश दुवैको दाबी उपाधि
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा बुधबार आयोजक नेपाल र बङ्गलादेश भिड्दैछन् । सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर फाइनल यात्रा तय गरेका हुन् ।
‘दारी ग्याङ’ ले फुटसल गर्ने
सामाजिक सञ्जालमा सक्रिय युवाहरूको समूह ‘दारी ग्याङ’ ले भदौ १४ र १५ गते फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।
नेपालगन्ज १० किमी रात्रीदौड हुने
धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड आयोजना गर्न लागिएको छ ।
मोरङले जित्यो ताप्लेजुङ गोल्डकप उपाधि
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ ।
पुरुषोत्तमलाई राष्ट्रिय एमेच्योर बुद्धिचाल उपाधि
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा सम्पन्न राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि पुरुषोत्तम चौलागाईंले जित्नुभएको छ ।
सहभागितामै सीमित ओलम्पिकमा पाराले जगाएको आशा
पारालिम्पिक गेम्स भदौ १२ गते बुधबारदेखि पेरिसमा सुरु हुँदैछ । भदौ २३ गतेसम्म सञ्चालन हुने पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोका दुई र पौडीका एक गरी तीन खेलाडीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
भलिबल कभर्डहल निर्माणका लागि उपसमिति गठन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल खेलको कभर्डहल निर्माण स्थल छनोट तथा तयारीका लागि तीन सदस्य उपसमिति गठन गरेको छ ।
साफ यु–२० फुटबल : बङ्गलादेश फाइनलमा, नेपालसँग उपाधि भिडन्त
साबिक विजेता भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
लिभरपुल र चेल्सी विजयी
लिभरपुल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोलले हरायो । अर्को खेलमा चेल्सीले वल्भ्सलाई उसैको मैदानमा ६–२ गोलले हरायो ।
पहिलो पटक रात्रि दौडको आयोजना हुँदै
धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रूपमा नेपालमै पहिलो पटक नेपालगन्जमा १० किलोमिटर रात्रि दौड आयोजना गर्न लागिएको छ ।
एपिएफ महिला टोली उज्वेकस्तानको नसाफसँग पराजित
नेपाल एपिएफ क्लबको महिला फुटबल टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणको पहिलो खेलमा उज्वेकस्तानको नसाफ क्लबसँग १–० गोलले पराजित भएको छ ।
मुख्य प्रशिक्षकमा भट्ट र योन्जन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल र तेक्वान्दो खेलको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राखेपले भलिबलको नयाँ मुख्य प्रशिक्षकमा जगदिश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिएको हो ।
साफ यु–२० फुटबल : नेपाल फाइनलमा
आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलकाे फाइनलमा प्रवेस गरेको छ ।
म्यानचेस्टर सिटी र आर्सनल विजयी
म्यानचेस्टर सिटी र आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले इप्सबिच टाउनलाई ४–१ गोलले हरायो । अर्को खेलमा आर्सनलले एस्टर्न भिल्लालाई उसैको मैदानमा २–० गोलले स्तब्ध बनायो ।
विद्यालयस्तरीय टेबलटेनिस गर्दै एनआरटी
काठमाडौँ खेल मण्डल (केकेएम) र न्युरोड टिम (एनआरटी) ले आफ्नो ९०औँ वार्षिक उत्सवको अवसरमा अन्तरविद्यालय स्तरीय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।
ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी
ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म रु १३ लाख ६३ हजार सात सय सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरुमार्फत उक्त रकम सङ्कलन भएको हो ।
खेल दर्शकबाट तेह्र लाख सङ्कलन
ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा टिकट बिक्री गरेर हालसम्म साढे तेह्र लाख रुपियाँ बढी रकम सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनल सम्ममा टिकट बिक्रीबाट कुल १३ लाख ६३ हजार सात सय रुपियाँ सङ्कलन भएको हो ।
टेबलटेनिस सङ्घमा हमाल निर्विरोध
अखिल नेपाल टेबलटेनिस सङ्घको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
नेपालका भिजनलाई स्वर्ण
नेपालका भिजन तामाङले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) मा शनिबार स्वर्ण जित्नुभएको छ ।
ताप्लेजुङ गोल्डकप : झापालाई हराउँदै सिराहा फाइनलमा
बिर्तामोड युनाइटेड फुटबल क्लब झापालाई पराजित गर्दै सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
भलिबल खेलाडीलाई सङ्घको सम्मान
नेपाल भलिबल सङ्घले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।