• २५ असार २०८२, बुधबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडाैं, असार २५ गते । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

आजकाे बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन आ.व २०८०-८१ पेस गर्नुहुने कार्यसूची रहेको छ। 

यसैगरी महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन विधेयक, २०८२) प्रस्तुत गर्नुहुने छ ।   

यस्तै,  सभामुख देवराज घिमिरेले 'संवैधानिक परिषद् सम्बन्धी विधेयक, २०७९' माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयमाथि प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेको छ ।