• १० मंसिर २०८१, सोमबार

टेनिस खेलाडी सेलिशाको निधन

blog

स्वर्गीय टेबल टेनिस खेलाडी सेलिशा खड्गी । फाइल तस्बिर

काठमाडौँ, कात्तिक २३ गते। नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ। टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको जानकारी दिनुभएको हो। ३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ।

सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियन्सीप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेल्नुभएको थियो। 

उहाँले सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाउनुभएको थियो।

अखिल नेपाल टेबल टेनिस संघले सेलिशाको स्वास्थ्य उपचारका लागि राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता पनि आयोजना गरेको थियो। सेलिशाको उपचारका लागि सहयोग जुटाउन टेबल टेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको थियो।