• १० मंसिर २०८१, सोमबार

फेदापलाई भलिबल प्रतियोगिताको उपाधि

blog

फाल्गुनन्दमा आयोजित अन्तरपालिका भलिवल प्रतियोगिताको विजेता फेदायपका खेलाडी ट्रफि र अतिथिसँग । तस्बिरः राधा लुइटेल

राधा लुइँटेल

फिदिम, कात्तिक २३ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ र ७ को सिमामा पर्ने वसाँगुमा आयोजित द्वितीय मेला खुल्ला अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि फेदाप गाउँपालिका तेह्रथुमले जितेको छ ।

प्रतिस्पर्धी आमचोक गाउँपालिका भोजपुरलाई पाँचमध्ये ३ सेटमा हराउँदै प्रथम बन्न सफल फेदापले १ लाख २५ हजार रुपियाँसँगै ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भएको हो ।

उपविजेता आमचोकले ७५ हजार रुपियाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । वसॉगुमा प्रत्येक वर्ष लिम्बूहरुको मौलिक पर्व वलिहाङ तङनामको अवसर पारेर भाइटीका दिनदेखि खेलाइने प्रतियोगितामा यो वर्ष पाँचथर, तेह्रथुम, ताप्लेजुङ र भोजपुरका १२ टिम सहभागी थिए ।

प्रतियोगिताको बिजेता र उपविजेता टीम र खेलाडीलाई फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बे र पूर्व अध्यक्ष बीरबहादुर कुरुम्वाङले पुरस्कार र ट्रफी र पदक प्रदान गर्नुभयो ।

प्रतियोगितामा फेदाप गाउँपालिका तेह्रथुमका कुमार बस्नेतले वेष्ट प्लेयर,  मिलन लिम्बुले बेष्ट सर्भर मनोज घिमिरेले वेष्ट सेटरको उपाधिसहित ५–५ हजार पुरस्कार पाउनुभएको छ । भोजपुरका सन्दिप बिष्ट बेष्ट ब्लकर  बेष्ट स्पाइकर राजकुमार तामाङ घोषित हुनुभयो । बेष्ट लिब्रोका रुपमा भने पाथिभरा याङ्वरक ताप्लेजुङका गिरिराज क्षेष्ठ पुरस्कृत हुनुभयो ।