काठमाडौँ, कात्तिक २५ गते । नेपाल हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्मा एफआईएच प्रेसिडेन्ट अवार्डबाट सम्मानित हुनुभएको छ ।
ओमानको मस्कटमा भएको अन्तर्राष्ट्रिय हक्की महासङ्घ (एफआईएच)को ४९औँ महाधिवेशनका अवसरमा शर्मालाई अवार्ड प्रदान गरिएको हक्की सङ्घले जनाएको छ । शर्मालाई हक्की खेलको विकासमा गरेको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको हो ।
महाधिवेशनमा सहभागी हुन शर्मासहित ओमानमै रहनुभएकी हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले नेपाली हक्कीको इतिहासमा यति ठुलो सम्मान पहिलो पटक मिलेको बताउनुभयो । उहाँले अवार्ड नेपालका लागि गौरवको विषय भएको पनि बताउनुभयो ।