शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ढोरपाटन (बागलुङ), पुस ३ गते । बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज साँझ ६ः०० बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध१च १३३६ नम्बरको पिकअप जीपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ धैरेनीका पाँच वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको हो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिनुभयो ।
बालकलाई सडक क्रस गर्दैगर्दा जीपले ठक्कर दिएको उहाँको भनाइ छ । जिप चालक पर्वतको जलजला गाउँपापिलका–८ नाङ्लिबाङका २५ वर्षीय सुनिल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस